१६ वैशाख (लामिडाँडा)- चट्याङ लागेर खोटाङमा एक महिलाको मृत्यु भएको छ । शनिबार साँझ वर्षासँगै परेको चट्याङले रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका ४५ वर्षीय कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार खड्काले बताए ।
घरैमा बसिरहेको अवस्थामा परेको चट्याङका कारण गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकी पु¥याउने वित्तिकै स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।
चट्याङका कारण स्थानीय धनकुमारी श्रेष्ठ घाईते भएकी छन् । बेहोस अवस्थामा स्वास्थ्यचौकी लगिएकी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएपछि घर फर्किएको प्रहरी निरिक्षक खड्काले बताए ।
No comments:
Post a Comment