Sunday, April 28, 2019

बिजयखर्कमा करेन्ट लाग्याे, लामिडाडामा चट्याङबाट महिलाकाे मृत्युु

१५ वैशाख (खाेटाङ)- अहिले भर्खरै खाेटाङकाे विजयखर्कमा विधुत प्राधिकरणमा कार्यरत एक कर्मचारीलाई करेन्ट लागेकाे खबर प्राप्त भएको छ ।

विधुत मर्मत गर्ने क्रममा फिल्डमा कार्यरत कर्मचारी सुन्दर काफ्लेलाई करेन्ट लागेकाे हाे । करेन्ट लागेपछि खाेटाङमा प्रशारण भएकाा सबै विधुत लाईन काटिएको छ ।

करेन्ट लाग्ने व्यक्तिकाे अवस्थाकाे बारेमा थप जानकारी अाउन बाकी छ भने घटनास्थलतर्फ विधुतका कर्मचारी गईसकेका छन् । यश बारे अाफुहरुलाई जानकारी नअाएकाे प्रहरीले जनाएको छ ।

यता, शनिबार साझ परेकाे चट्याङबाट लामिडाडा गाउँ पालिका ३ लेखर्ककी ४५ वर्षिया कमला स्रेष्ठकाे मृत्यु भएको जनाईएकाे छ ।

Saturday, April 27, 2019

परीक्षामा अमर्यादित गतिविधि गरे छ महिना कैद र एक लाख जरिवाना

१५ वैशाख (भक्तपुर)- राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ। परीक्षामा कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुदैँछन् ।

आइबार सुरु हुने परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट सञ्चालन हुनेछ । उक्त परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन् ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । यसैगरी बोर्डले परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।


कक्षा १२ र ११ को परीक्षामा नौ लाख ३६ हजार परीक्षार्थी

१४ वैशाख (काठमाडौ)- देशभर एकैसाथ सुरु हुन गईरहेको कक्षा १२ र कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

कक्षा १२ को परीक्षा वैशाख १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुनेछ भने कक्षा ११ को वैशाख २९ गतेबाट परीक्षा हुने भएको छ । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने छ । 

कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्राको सहभागिता रहने परीक्षा बोर्डले जनाएको छ ।

आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ।

यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ।

सबैभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुँदैछन्। 

बोर्डले परीक्षाका लागि देशभर एक हजार १०७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १२२ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक एक परीक्षा केन्द्र निर्धारण गरेको जनाईएको छ ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ। कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

लापारवाहीको पराकाष्ट : बाहिर कक्षा १० भित्र कक्षा ९

दमन राई (खोटाङ) 
१४ वैशाख– पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ९ को नेपाली विषयमा कक्षा १० को नेपाली विषयको कभर हालेको भेटिएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेर विद्यालयमा पठाएको कक्षा ९ को नेपाली विषयमा त्रुटी हुँदा कक्षा १० को नेपाली विषयको कभर हालेको पाइएको हो।

नयाँ शैक्षिक–सत्रका लागि खरिद गरेर ल्याइएका विभिन्न कक्षाको पुस्तकमध्ये कक्षा ९ को कतिपय नेपाली विषयमा कक्षा १० को कभर हालेको पाइएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेका शिक्षक रविन सुनुवारले बताए।

पुस्तकको थुप्रोमा कुनै–कुनै पुस्तकमा त्रुुटी भएको फेला परेको हो। ‘कक्षा ९ को नेपाली विषयको केही पुस्तकमा त्रुटी पाइएको हो,’ शिक्षक सुनुवारले भने, ‘बाहिर कक्षा १० लेखिएको भए पनि भित्र कक्षा ९ कै पाठ्यावस्तु समावेस छ।’ (नागरिकबाट)

चिसापानीमा पहिलोपल्ट केन्द्रीय विद्युत विस्तार

१४ वैशाख (चिसापानी)- खोटाङको जन्तेढुंगा गाउँपालिकामा पहिलोपल्ट केन्द्रीय प्रशारणलाईन अन्तरगतको विद्युत पुगेको छ । हालसम्म केन्द्रिय विद्युत प्रशारणलाईन पुग्न नसकेको जन्तेढुंगा गाउँपालिकामा खोटेहाङ गाउँपालिका–७ खोटाङबजारबाट विद्युतको केन्द्रीय प्रशारणलाईन विस्तार गरिएको हो । 

गाउँपालिकाको केन्द्रकारुपमा रहेको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीबजारस्थित बिपी चोकमा शुक्रबार प्रतिनिधिसभाका सांसद बिशाल भट्टराईले स्वीच अन गरेर केन्द्रीय विद्युत प्रशारणलाईन उद्घाटन गरेका छन् ।

गाउँपालिकामै पहिलोपल्ट बिस्तार गरिएको बिद्यूतले गाउँपालिका–५ चिसापानीबजारका ६६ घरधुरीमा विजुली बत्त बलेको छ । सो क्षेत्रमा बिद्युत बिस्तारका लागि तत्कालिन जिल्ला बिकास समितिले आर्थिक वर्ष २०७३÷०७४ मा ५९ वटा पोल र तार उपलव्ध गराएको योजनालाई जन्तेढुंगा गाउँपालिकाको ८५ लाख बजेट खर्च गरेर पूर्णता दिएको हो । 

जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा बिद्युत उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद बिशाल भट्टराई ।


वर्षौँदेखि सोलार र टुकी बाल्दै आएका स्थानीय केन्द्रिय प्रसारण लाइन विस्तार भएपछि चिसापानीका स्थानीय हर्षित भएका छन् । ६ वडा रहेका अन्य वडामा पनि क्रमशः विद्युत बिस्तारको काम गरिने गाउँपालिका प्रमुख शंकर राईले बताए । 

आयोजनाका लागि नेपाल बिद्युत प्राधिकरणले पनि आयोजनाका लागि ८० वटा पोल उपलव्ध गराएको विद्युत बिस्तार समितिले जनाएको छ । विद्युत उद्घाटन कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई लगायतको उपस्थिति रहेको थियो ।