Saturday, February 1, 2025

यस वर्षको राष्ट्रपति रनिङ शिल्डको उपाधि राधाकृष्ण माविले उचाल्यो (फोटो फिचर)

 


साकेला÷साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी राधाकृष्ण मावि बाँझेच्यानडाँडाले चुमेको छ । गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयबीच गत बुधबारदेखि गराईएको प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ५ काँस्य पदक सहित साकेला गाउँपालिका-१ मा सञ्चालित राधाकृष्ण मावि प्रथम भएको हो ।

प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ४ काँस्य पदक जित्दै साकेला गाउँपालिका-२ रतन्छामा सञ्चालित साकेला माध्यमिक विद्यालय दोश्रो भएको छ भने पाँच स्वर्ण, छ रजत र सात काँस्य पदक जित्दै बालबालिका माध्यमिक विद्यालय मात्तिम नौलाखर्क तेश्रो हुन सफल भएको छ ।

राधाकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापनमा गत माघ १६ गते बुधबारदेखि शनिबार सम्म भएको प्रतियोगितामा तीन स्वर्ण, एक रजत र तीन काँस्य पदक जितेर सरस्वती मावि मात्तिमबिर्ता चौथो, दुई स्वर्ण, पाँच रजत र चार काँस्य पदक जितेको सिद्देश्वरी मावि खिदिमा पाँचौ र यसै वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएको चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँ एक काँस्य पदक जितेर छैठौं हुन सफल भएको छ ।गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, वडा नम्बर १ का वडाअध्यक्ष हेमन राई र शिक्षा युवा तथा खेलकुद शाखा संयोजक कविराज राईले विभिन्न पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको छ भने प्रथम, द्धितीय र तेश्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।



सहभागि विद्यालय तथा खेलाडीलाई बधाई ज्ञापन गर्ने क्रममा गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तरवृद्धि हुने प्रकारका गतिविधिलाई निरन्तरता दिदै प्रतिभावान खेलाडीलाई प्रोत्साहनका लागि माथिल्लो निकाय सम्म पुर्याउन प्रतिवद्ध भएको घोषणा गर्नुभयो । अध्यक्ष राईले गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन प्रतिवद्ध भएको र खेलाडीहरुले आफ्नो विद्यालयको मात्र नभई समग्र पालिकाको प्रतिष्ठाको लागि खेल खेल्न आग्रह गर्नुभयो ।

प्रतियोगितामा भलिवल, हाईजम्प, लङजम्प, सटफुट, ज्याभलिङ थ्रो, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५ सय मिटर दौड, १०० मिटर रिले दौड र ४०० मिटर रिले दौड छात्र-छात्रा गरि २६ वटा पदकको लागि प्रतिस्पर्धा गराईएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय राधाकृष्ण माविका प्रअ हिराधन गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ ।प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने टुङ्गो लागेको छैन।

प्रतियोगितामामा सहभागि भई स्वर्ण, रजत र काँस्य पदक प्राप्‍त गर्ने विद्यालय तथा विद्यार्थी विवरण यस प्रकार रहेका छन् ।

भलिवल- छात्रतर्फ

सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता- स्वर्ण

सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमा- रजत

राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा- काँस्य

भलिवल छात्रातर्फ

साकेला माध्यमिक विद्यालय रतन्छा- स्वर्ण

सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमा- रजत

सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता- काँस्य

हाईजम्प- छात्रतर्फ

राधाकृष्ण माविका सुसन कटवाल- स्वर्ण

सिद्धेश्वरी मावि खिदिमाका मनिस तामाङ- रजत

बालबालिका माविका सन्दिप विक- काँस्य

हाईजम्प- छात्रातर्फ

बालबालिका माविकी परिता राई- स्वर्ण

राधाकृष्ण माविकी भीम कुमारी गुरुङ- रजत

साकेला माविकी तारा गुरुङ –काँस्य

लङजम्प-छात्रतर्फ

राधाकृष्ण माविका अर्जुन राई- स्वर्ण

साकेला माविका सुनिम राई- रजत

सिद्धेश्वरी माविका युनेश राई- काँस्य

लङजम्प- छात्रातर्फ

सिद्धेश्वरी माविकी समिता तामाङ- स्वर्ण

राधाकृष्ण माविकी अनुष्का राई- रजत

बालबालिका माविकी परिता राई- काँस्य

उफ्रने र फ्याँक्ने- सटफुट १२ पाउण्ड- छात्र

बालबालिका माविका रोजन मगर- स्वर्ण

सरस्वती माविका विकल राई- रजत

बालबालिका माविका सन्दिप विक- काँस्य

उफ्रने र फ्याँक्ने- सटफुट ८ पाउण्ड- छात्रा

सिद्धेश्वरी माविकी शान्तिकला राई- स्वर्ण

सिद्धेश्वरी माविकी समिता तामाङ- रजत

साकेला माविकी तेजिना गुरुङ- काँस्य

१०० मिटर दौड- छात्र

सरस्वती माविका प्रज्वल राई- स्वर्ण

साकेला माविका पारस राई- रजत

सिद्धेश्वरी माविका गौतम तामाङ- काँस्य

१०० मिटर दौड- छात्रा

राधाकृष्ण माविकी बिपना दर्नाल- स्वर्ण

राधाकृष्ण माविकी सलिना गुरुङ- रजत

बालबालिका माविकी सुनिता दाहाल- काँस्य

२०० मिटर दौड- छात्र

साकेला माविका सुनिम राई- स्वर्ण

बालबालिका माविका अभिषेक राई- रजत

सरस्वती माविका प्रज्वल राई- काँस्य

२०० मिटर दौड- छात्रा

राधाकृष्ण माविकी गिता भुजेल- स्वर्ण

साकेला माविकी एलिका राई- रजत

सिद्धेश्वरी माविकी सुस्मिता राई- काँस्य

४०० मिटर दौड- छात्रतर्फ

बालबालिका माविका अभिषेक राई- स्वर्ण

राधाकृष्ण माविका धुर्व बुढाथोकी- रजत

सरस्वती माविका स्वरुप राई- काँस्य

४०० मिटर दौड- छात्रातर्फ

बालबालिका माविकी जेनिशा तामाङ- स्वर्ण

साकेला माविकी सरला गुरुङ- रजत

साकेला माविकी बिना गुरुङ- काँस्य

८०० मिटर दौड- छात्रतर्फ

राधाकृष्ण माविका रुद्र देउजा- स्वर्ण

बालबालिका माविका अनिल तामाङ- रजत

बालबालिका माविका दल बहादुर सुनार- काँस्य

८०० मिटर दौड- छात्रातर्फ

साकेला माविकी अनुका राई- स्वर्ण

राधाकृष्ण माविकी अनुस्का राई- रजत

बालबालिका माविकी कमला सुनार –काँस्य

१५०० मिटर दौड- छात्रतर्फ

राधाकृष्ण माविका रुद्र देउजा- स्वर्ण

सिद्धेश्वरी माविका पुनम राई- रजत

बालबालिका माविका अनिल तामाङ- काँस्य

१५०० मिटर दौड- छात्रातर्फ

बालबालिका माविकी परिता राई- स्वर्ण

साकेला माविकी रोहिता राई- रजत

रिले ४x१०० मिटर- छात्रतर्फ

साकेला माध्यमिक विद्यालय- स्वर्ण

बालबालिका माध्यमिक विद्यालय- रजत

राधाकृष्ण माध्यमिक विद्यालय- काँस्य

रिले ४x१०० मिटर- छात्रातर्फ

साकेला माध्यमिक विद्यालय- स्वर्ण

राधाकृष्ण माध्यमिक विद्यालय- रजत

चण्डेश्वरी माध्यमिक विद्यालय- काँस्य

रिले ४x४०० मिटर- छात्रतर्फ

साकेला माध्यमिक विद्यालय- स्वर्ण

बालबालिका माध्यमिक विद्यालय- रजत

राधाकृष्ण माध्यमिक विद्यालय- काँस्य

रिले ४x४०० मिटर- छात्रातर्फ

साकेला माध्यमिक विद्यालय- स्वर्ण

राधाकृष्ण माध्यमिक विद्यालय- रजत

बालबालिका माध्यमिक विद्यालय- काँस्य

ज्यावलिङ थ्रो- छात्रतर्फ

सरस्वती माविका किरण राई- स्वर्ण

साकेला माविका समर्पण राई- रजत

राधाकृष्ण माविका रुद्र देउजा- काँस्य

ज्यावलिङ थ्रो- छात्रा तर्फ

राधाकृष्ण माविकी बिना गुरुङ- स्वर्ण

साकेला माविकी सुमिला तामाङ- रजत

साकेला माविकी तेजिना गुरुङ- काँस्य



















 

 

Thursday, January 30, 2025

जातजातिबीचको एकतालाई सुदृढ गर्न सके आर्थिक र सामाजिक रुपमा समृद्ध बन्न सकिन्छ- अध्यक्ष राई

 



१७ माघ २०८१/साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले सबै जातजाति, धर्मसंस्कृति, भेषभुषा र विविधतालाई सम्मान गर्दै सांस्कृतिक विकास गरि समृद्ध समाज निर्माण गर्न सकिने कुरामा जोड दिनुभएको छ । नियाङ्ला गुम्बा साकेला-३ खिदिमा खोटाङको आयोजनामा भएको मञ्जुश्री सम्बत २८६१ सोनाम ल्होछार पर्व मनाउने क्रममा शुभकामना आदन-प्रदान कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा आफ्नो भनाई राख्नुहुँदै अध्यक्ष राईले साकेला गाउँपालिका सरकार सबै जातजातिको धर्मसंस्कार र संस्कृतिलाई सम्मान गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । सोनाम ल्होछार पर्वले सबै जातजाती बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध पालिका हुँदै समृद्ध देश निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, अध्यक्ष राईले भन्नुभएको छ । सो अवसरमा अध्यक्ष राईले साकेला गाउँपालिकाभित्र रहेका १३ वटा जातजातीको धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्न योजना बनाएर पालिका सरकार लागिरहेको उल्लेख गर्नुभयो ।



सडक र भवन बन्नु मात्र विकास होईन, सबै जातजातीको संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु पनि साँस्कृतिक विकास हो, सबै प्रकारको विकास गर्नसके मात्र समृद्ध साकेला देशकै नमूना बनाउन सकिने अध्यक्ष राईले उल्लेख गर्नुभयो । साकेला गाउँपालिकाले जातजाती, धर्मसँस्कृतिमा आधारित भएर चित्रकलाको माध्यमद्वारा गाउँपालिकालाई चिनाउने अभियानमा समेत लागेको स्मरण गराउनुभयो । गाउँपालिकाले विभिन्न स्थानका भित्ता तथा ढुङ्गामा चित्रकलाको माध्यमद्वारा विभिन्न धर्मसँग सम्बन्धित देवीदेवताको चित्र बनाउन सुरु गरेको छ । यसै सन्दर्भमा अध्यक्ष राईले थप्नुभयो- हेर्दा सामान्य लाग्न सक्छ तर पालिकाले विभिन्न धर्मको सम्मानको लागि यो काम गरिरहेको छ, पालिकाले गरेको सकारात्मक विकासका कार्यमा सबै नागरिकको साथको आवश्यक छ ।



नियाङ्ला गुम्बा व्यवस्थापन समिति अध्यक्ष शुक्र तामाङको अध्यक्षतामा भएको शुभकामना आदन प्रदान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, पूर्व गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का, नेपाली काँग्रेस प्रदेश समिति सदस्य शान्तिकला राई, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा साकेला गाउँपालिका ईन्चार्ज प्रभात विक्रम कटवाल लगायतले शुभकामना प्रदान गर्नुभएको थियो ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१ औं वर्ष सुरु हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताहरुको भनाई छ ।